BIZMANDU
www.bizmandu.com

आजको मौसम पूर्वानुमान : पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभावले देशभर वर्षा हुने

२०८३ जेठ २८

आजको मौसम पूर्वानुमान : पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभावले देशभर वर्षा हुने
आजको मौसम पूर्वानुमान : पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभावले देशभर वर्षा हुने

काठमाडौं। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव छ। यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो।

Tata
GBIME
Nepal Life

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बादल लाग्नेछ।

त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरू तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।