BIZMANDU
www.bizmandu.com

इप्पानको नेतृत्वका लागि उम्मेदवारी दर्ता भोलि, बलराम खतिवडाले घोषणा गरे प्यानल

२०८३ जेठ २७

इप्पानको नेतृत्वका लागि उम्मेदवारी दर्ता भोलि, बलराम खतिवडाले घोषणा गरे प्यानल
इप्पानको नेतृत्वका लागि उम्मेदवारी दर्ता भोलि, बलराम खतिवडाले घोषणा गरे प्यानल

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानको आठौं अधिवेशनका लागि प्यानल घोषणा भएको छ।

Tata
GBIME
Nepal Life

महासचिव बलराम खतिवडाले आफूलाई वरिष्ठ उपाध्यक्षको रुपमा अगाडि सारेर बुधबार साँझ आफ्नो टिम घोषणा गरेका छन्।

खतिवडाको प्यानलबाट उपाध्यक्षमा भरत नेपाल, भरत बहादुर खत्री, कुमार खरेल र दीपक पौडेललाई अगाडि सारिएको छ। यस्तै खतिवडाले महिला उपाध्यक्षमा सिर्जना खड्का र महासचिवमा प्रकाश दुलाललाई आफ्नो टिममा राखेका छन्।

सचिवको उम्मेदवारमा कृष्णप्रसाद घिमिरे, तारा बहादुर इस्बो लिम्बु, बीरेन्द्रबहादुर मल्ल, संगीता धमला र इशा श्रेष्ठ छन्। सदस्यमा सोमनाथ कँडेल, भुषण गुरागाई, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, नारायण कँडेल, सुकुन्द ओझा, ज्योति गैरे, इन्दिरा पन्त र प्रदीप ओली छन्।

अर्का उपाध्यक्ष उत्तम भ्लोन लामाले यसअघि नै प्यानल घोषणा गरिसकेका छन्। जेठ २९ गते हुने अधिवेशनका लागि बिहीबार बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ताको तालिका छ।