BIZMANDU
www.bizmandu.com

बगभीले ल्यायो ‘प्राइभेट बग बाउन्टी प्रोग्राम’, साइबर सुरक्षा प्रणालीलाई सुरक्षित बनाउने दाबी

२०८३ जेठ २७

बगभीले ल्यायो ‘प्राइभेट बग बाउन्टी प्रोग्राम’, साइबर सुरक्षा प्रणालीलाई सुरक्षित बनाउने दाबी
बगभीले ल्यायो ‘प्राइभेट बग बाउन्टी प्रोग्राम’, साइबर सुरक्षा प्रणालीलाई सुरक्षित बनाउने दाबी


काठमाडौं। साइबर सुरक्षा प्रणालीलाई थप सुरक्षित र विश्वसनीय बनाउन भन्दै साइबर सुरक्षा प्लेटफर्म ‘बगभी’ले अपडेटसहित ‘प्राइभेट बग बाउन्टी प्रोग्राम’ सार्वजनिक गरेको छ।

Vigo
GBIME
Tata

बगभीका संस्थापक नरेश लामगादेले सार्वजनिक प्लेटफर्ममा जाँदा सुरक्षा सम्बन्धी केही संवेदनशीलता हुनसक्ने भएकाले प्राइभेट फिचरको आवश्यकता महसुस गरेको बताए।

उनका अनुसार सार्वजनिक जाँदा कम्पनीको कमजोरीका बारेमा धेरैलाई जानकारी हुनसक्ने र सम्भावित आक्रमणको जोखिम बढ्ने त्रास कतिपय उद्यमीमा देखिएकाले प्राइभेट फिचर विकास गरिएको हो।

यसअन्तर्गत ग्राहक संस्थाले आफ्नो अनुकूलता र आवश्यकता अनुसार मात्र सुरक्षा अनुसन्धानकर्ता छनोट गरी परीक्षण गराउन सक्छन्, जसले संस्थाको सुरक्षा र विश्वसनीयता दुवैलाई सुदृढ बनाउन मद्दत गर्ने कम्पनीले जनाएको छ।

नयाँ फिचरले साइबर सुरक्षाको क्षेत्रमा नयाँ व्यावसायिक इकोसिस्टम विकास गर्ने कम्पनीको विश्वास छ।

व्यावसायिक प्रयोजनका लागि बगभीले ‘सब्सक्रिप्सन मोडल’मा शुल्क निर्धारण गरेको छ। सुरुवाती चरणमा दुई वटा कार्यक्रम सञ्चालन गर्नका लागि मासिक २० हजार र पाँच वटासम्म कार्यक्रम सञ्चालन गर्न मासिक ५० हजार रुपैयाँ प्लेटफर्म शुल्क तोकिएको छ।