BIZMANDU
www.bizmandu.com

नेप्सेमा लगातार चार दिनको गिरावटपछि झिनो सुधार, ४ अर्ब २९ करोडको सेयर किनबेच

२०८३ जेठ २७

नेप्सेमा लगातार चार दिनको गिरावटपछि झिनो सुधार, ४ अर्ब २९ करोडको सेयर किनबेच
नेप्सेमा लगातार चार दिनको गिरावटपछि झिनो सुधार, ४ अर्ब २९ करोडको सेयर किनबेच

काठमाडौं। चार कारोबार दिनमा ४६ अंकको गिरावटपछि सेयर बजारमा झिनो सुधार भएको छ। सेयर बजार परिसूचक बुधबार २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा पुगेको छ।

Vigo
GBIME
Tata

जीवन बीमा, निर्जीवन बीमा, लगानी, व्यापार र अन्य बाहेकका उपसमूहले नेप्से घटन नदिएका हुन्। जलविद्युतको सूचक सबैभन्दा धेरै ०.६५ प्रतिशतले बढेको छ।

बजारमा १२७ कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा बुधबार पनि पोजेटिभ सर्किट लागेको छ।

बजारमा ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।