काठमाडौं । अर्पण पौडेलद्वारा लिखित नयाँ उत्प्रेरणात्मक पुस्तक ‘श्रीअभ्यास’ प्राज्ञिक विद्यार्थी परिषद् नेपालको स्नेह मिलन कार्यक्रममार्फत सार्वजनिक भएको छ।
हिन्दु पौराणिक दर्शन र आधुनिक जीवनशैलीको अनुपम संगम समेटिएको यस पुस्तकले पाठकहरूमा सकारात्मक परिवर्तन र विजयी विशेषताहरू विकास गर्ने उद्देश्य राखेको छ।
लेखक पौडेलले पुस्तकलाई अध्ययन, अनुशरण, र अभ्यास गरl तीन व्यावहारिक चरणमा वर्गीकरण गर्दै सनातन धर्मशास्त्रका कालजयी शिक्षाहरूलाई सरलरूपमा प्रस्तुत गरेका छन्।
संकल्प, निष्काम कर्म, धैर्य, र नेतृत्व आदि जस्ता विषय समावेश गरिएको शिखा बुक्सको यो नयाँ प्रस्तुति देशभरका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ।