BIZMANDU
www.bizmandu.com

सीजी मोटोकर्पले घटायो सुजुकी इ-भिटाराको मूल्य, पहिलो १०० बुकिङमा थप छुट

२०८३ जेठ २७

सीजी मोटोकर्पले घटायो सुजुकी इ-भिटाराको मूल्य, पहिलो १०० बुकिङमा थप छुट
सीजी मोटोकर्पले घटायो सुजुकी इ-भिटाराको मूल्य, पहिलो १०० बुकिङमा थप छुट

काठमाडौं। नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले सुजुकी इ-भिटाराको मूल्य घटाएको छ। कम्पनीले बुधबारदेखि लागू हुने गरी इ-भिटाराका चारै भेरियन्टमा अधिकतम १ लाख रुपैयाँसम्म मूल्य घटाएको हो।

Tata
GBIME
Nepal Life

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधनहरूको कर प्रणाली परिवर्तन गरेसँगै त्यसको प्रत्यक्ष लाभ ग्राहकलाई पुगेको कम्पनीको भनाइ छ।

कम्पनीले पहिलो १०० बुकिङका लागि सीमित अवधिसम्म मात्र कायम रहने गरी इन्ट्रोडक्टरी मूल्य पनि सार्वजनिक गरेको छ।

जसअनुसार ४९ किलोवाट आवर ब्याट्री क्षमताको डेल्टा भेरियन्ट ४८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ। यसअघि यसको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ थियो। कम्पनीका अनुसार यो भेरियन्टले एक पटकको चार्जमा करिब ४४० किलोमिटरसम्म यात्रा गर्न सक्छ।

त्यस्तै, ६१ किलोवाट आवर ब्याट्री भएको जेटा भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। यसअघि यसको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ थियो। यो भेरियन्टले करिब ५०० किलोमिटरको रेन्ज दिन्छ।

अल्फा भेरियन्टको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसअघि यो ६३ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको थियो। भेन्टिलेटेड सिट, प्रिमियम इन्टेरियर र उन्नत एम्बियन्ट लाइटिङ जस्ता सुविधा यसमा छन्।

त्यस्तै, ड्युअल-टोन डिजाइनसहितको अल्फा डीटी भेरियन्ट अब ५९ लाख ४९ हजार रुपैयाँमा उपलब्ध हुनेछ। यसअघि यसको मूल्य ६४ लाख ४९ हजार रुपैयाँ थियो।

कम्पनीका अनुसार संशोधित मूल्य सबै नयाँ बुकिङ तथा हालसम्म डेलिभरी नभएका अर्डरमा तत्काल लागू हुनेछ।