BIZMANDU
www.bizmandu.com

निफ्राको अध्यक्ष पद अनुजले छोडे, सञ्चालक समितिको नेतृत्वमा ग्लोबल आइएमईका सीइओ रेग्मी

२०८३ जेठ २७

निफ्राको अध्यक्ष पद अनुजले छोडे, सञ्चालक समितिको नेतृत्वमा ग्लोबल आइएमईका सीइओ रेग्मी
निफ्राको अध्यक्ष पद अनुजले छोडे, सञ्चालक समितिको नेतृत्वमा ग्लोबल आइएमईका सीइओ रेग्मी

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा सञ्चालक समितिका अध्यक्ष परिवर्तन भएका छन्।

Vigo
GBIME
Tata

बैंकको संस्थापक विशाल ग्रुपको प्रतिनिधित्व गर्दै निफ्राको अध्यक्ष रहेका अनुज अग्रवालले राजीनामा दिएका छन्। विशाल ग्रुपका तर्फबाट अनुजको स्थानमा बुधबारदेखि लागू हुने गरी दिपक कुमार अग्रवाल निफ्राको सञ्चालक नियुक्त भएका छन्।

सञ्चालक समितिको बुधबार बसेको बैठकले सुरेन्द्रराज रेग्मीलाई अध्यक्ष चयन गरेको छ। रेग्मी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्।