BIZMANDU
www.bizmandu.com

सुन एकैदिन प्रति तोला १० हजार १ सय सस्तियो, चाँदीको भाउमा १८५ रुपैयाँको गिरावट

२०८३ जेठ २७

सुन एकैदिन प्रति तोला १० हजार १ सय सस्तियो, चाँदीको भाउमा १८५ रुपैयाँको गिरावट
सुन एकैदिन प्रति तोला १० हजार १ सय सस्तियो, चाँदीको भाउमा १८५ रुपैयाँको गिरावट


काठमाडौं। सुनको भाउ एकैदिन १० हजार १ सय रुपैयाँ घटेको छ। बुधबारका लागि कारोबार मूल्य प्रति तोला २ लाख ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

GBIME
Tata

यसअघि मंगलबार तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँ थियो। सोमबारका तुलनामा मंगलबार तोलामा २ हजार रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो। आइतबार प्रति तोला ३ लाख ८ सय रुपैयाँ भएकोमा सोमबार ९ सय रुपैयाँ घटेर तोलाको २ लाख ९९ हजार ९ सय रुपैयाँ भएको थियो।

चाँदीको कारोबार मूल्यमा पनि गिरावट छ। अघिल्लो दिनका तुलनामा बुधबार चाँदी १८५ रुपैयाँ सस्तिँदै तोलाको ४ हजार ७ सय ४० रुपैयाँ भएको छ। मंगलबार तोलाको ४ हजार ९ सय २५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको कारोबार मूल्य घट्दा नेपाली बजारमा पनि असर देखिएको हो। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस ४१७८.४३ डलरले कारोबार भइरहेको छ। अघिल्लो दिनका तुलनामा सुन प्रति औंस ८३.८५ डलरले सस्तिएको हो। चाँदी प्रति औंस ६३.८२ डलर छ।

अमेरिकी केन्द्रीय बैंक फेडले उच्च ब्याजदर तत्काल नघटाउने संकेत गरेपछि संसारका ठूला लगानीकर्ताहरू सुन जस्तो ‘नन्-प्रोडक्टिभ’ (ब्याज वा लाभांश नदिने) सम्पत्ति बेचेर डलर र अमेरिकी ट्रेजरी बन्डतर्फ आकर्षित भएको संकेत बजारले गरेको छ। यसकारण सुनको मूल्यमा एकैदिन ठूलो गिरावट आएको हुन सक्ने बजार विश्लेषक बताउँछन्।