BIZMANDU
www.bizmandu.com

फुटबल प्रेमीहरूका लागि सामसङले ल्यायो अफर, २५ प्रतिशतसम्म क्यासब्याक पाइने

२०८३ जेठ २७

फुटबल प्रेमीहरूका लागि सामसङले ल्यायो अफर, २५ प्रतिशतसम्म क्यासब्याक पाइने
फुटबल प्रेमीहरूका लागि सामसङले ल्यायो अफर, २५ प्रतिशतसम्म क्यासब्याक पाइने

काठमाडौं। सामसङ नेपालले विश्वकप फुटबललाई लक्षित गर्दै आफ्ना टेलिभिजनहरूमा विशेष अफर सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार अफरअन्तर्गत निश्चित सामसङ टिभी मोडेलहरूमा २५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ। कम्पनीले यो योजना जुलाई १९ सम्म लागू रहने जनाएको छ।

७५ इन्च वा ८५ इन्चका मोडेल खरिद गर्ने ग्राहकले ४९ हजार ९९० रुपैयाँ मूल्यको साउन्डबार ९ हजार ९९९ रुपैयाँमै प्राप्त गर्न सक्नेछन्।

विश्वकपका खेलहरू सहज रूपमा हेर्न कम्पनीले वर्ल्ड कप लाइभ सब्स्क्रिप्सनसँगै निःशुल्क नेटटीभी प्याकेज पनि उपलब्ध गराएको छ। क्यूएलईडी र यूएचडी मोडेल खरिदकर्ताले १२ महिनासम्मको निःशुल्क नेटटीभी प्याकेज पाउनेछन् भने एफएचडी र एचडी मोडेलमा ६ महिनासम्मको प्याकेज उपलब्ध हुनेछ।

अफरअनुसार ५५ इन्चदेखि ८५ इन्चसम्मका क्यूएलईडी टिभीमा २५ प्रतिशत क्यासब्याक प्रदान गरिएको छ। ४३ इन्चदेखि ६५ इन्चसम्मका यूएचडी मोडेलमा १० प्रतिशत क्यासब्याक उपलब्ध छ। ४३ इन्चको एफएचडी मोडेलमा ७ प्रतिशत तथा ३२ इन्चको एचडी मोडेलमा २१ प्रतिशत क्यासब्याकको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

ग्राहकले सामसङ इन्स्टा फाइनान्स सेवाबाट १२ वा २४ महिनाको किस्ता योजनामा टिभी खरिद गर्न सक्नेछन्। साथै, पुराना उपकरण साटेर नयाँ सामसङ टीभी खरिद गर्न चाहने ग्राहकका लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेको जनाइएको छ।