BIZMANDU
www.bizmandu.com

यी प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान

२०८३ जेठ २७

यी प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान
यी प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं। देशका विभिन्न भू-भागमा बुधबार आंशिक बदलीदेखि बर्सातको सम्भावना छ।

Tata
GBIME
Nepal Life

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानका साथै सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

बुधबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार राति देशभर साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थान तथा कर्णाली प्रदेश लगायत सबै प्रदेशका हिमाली भू-भागका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै र तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।