BIZMANDU
www.bizmandu.com

ठेक्काको मूल्य समायोजन नभएपछि महासंघले भन्यो- निर्माण क्षेत्रलाई धराशायी पार्ने काम भयो

२०८३ जेठ २६

ठेक्काको मूल्य समायोजन नभएपछि महासंघले भन्यो- निर्माण क्षेत्रलाई धराशायी पार्ने काम भयो
ठेक्काको मूल्य समायोजन नभएपछि महासंघले भन्यो- निर्माण क्षेत्रलाई धराशायी पार्ने काम भयो

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले मूल्य समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

Tata
GBIME
Nepal Life

नेपाल निर्माण व्यवसायी महासंघले पश्चिम एसियाको युद्धको असरले तीन महिनायता इन्धनसहित निर्माण सामग्रीको मूल्य अकासिए पनि सरकारले मूल्य समायोजन नगरेर निर्माण क्षेत्रलाई धराशायी बनाउने काम गरेको आरोप लगाएको छ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत निर्माण व्यवसायीलाई परेको कठिनाईको यथोचित सम्बोधन गर्ने भनिए मूल्य समायोजन नहुँदा निर्माण व्यवसायीले ठूलो आर्थिक मार सहनुपरेको महासंघले बताएको छ।

‘मूल्य समायोजनको साटो पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न सरकारी कार्यालय र बैंकबाट चालिएका कदमका कारण निर्माण व्यवसायी अत्यन्त पीडादायी अवस्थामा पुगेका छन्,’ महासंघले मंगलबार प्रेस विज्ञप्तिमार्फत भनेको छ, ‘निर्माण व्यवसायीको बैंक ग्यारेण्टी जफत गर्ने, कठोर तरिकाले पत्र काट्ने, ठेक्का किन नतोड्ने र कालो सूचीमा किन नराख्ने भनी सूचना प्रकाशित गर्ने गतिविधिका कारण निर्माण व्यवसायी मात्र नभई उनीहरूमा आश्रित परिवार र श्रमिकमा समेत ठूलो मानसिक आघात परेको छ।’

महासंघले मूल्य समायोजनमा ढिला गरे निर्माण कम्पनी बन्द भइ लाखौं श्रमिक बेरोजगार हुने र बैंकसमेत ‘डिफल्ट’ भई समग्र अर्थतन्त्रका सूचकाङ्क नै नकारात्मक हुने जोखिम देखाएको छ।