BIZMANDU
www.bizmandu.com

विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब, २२.६ महिनाको वस्तु आयात धान्न पुग्ने

२०८३ जेठ २६

विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब, २२.६ महिनाको वस्तु आयात धान्न पुग्ने
विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब, २२.६ महिनाको वस्तु आयात धान्न पुग्ने

काठमाडौं। विदेशी विनिमय सञ्चितिमा ३८.३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको वैशाखसम्म विदेशी विनिमय सञ्चितिमा ३८.३ प्रतिशतले बढेर ३७ खर्ब ४ अर्ब ५५ करोड पुगेको छ।

Tata
GBIME
Nepal Life

गत वर्ष असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको थियो। अमेरिकी डलरमा सञ्चिति १९ अर्ब ५० करोडबाट २४ अर्ब १९ करोड पुगेको छ, जुन २४ प्रतिशतको वृद्धि हो।

कुल सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको हिस्सा ३६.६ प्रतिशतले बढेर ३२ खर्ब ९८ अर्ब ३८ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरूसँग (राष्ट्र बैंक बाहेक) रहेको सञ्चिति ५४.४ प्रतिशतले बढेर ४ खर्ब ०६ अर्ब १७ करोड कायम भएको छ।

बैशाख मसान्तसम्म कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.६ प्रतिशत रहेको छ।

चालु आवको दश महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको सञ्चिति २२.६ महिनाको वस्तु आयात र १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिएको छ।