BIZMANDU
www.bizmandu.com

गृह मन्त्रालयमा कमब्याक गरेका सुधन मन्त्रिपरिषद्‍मा पाँचौं वरीयतामा, महाबीर आठौं नम्बरमा

२०८३ जेठ २६

गृह मन्त्रालयमा कमब्याक गरेका सुधन मन्त्रिपरिषद्‍मा पाँचौं वरीयतामा, महाबीर आठौं नम्बरमा
गृह मन्त्रालयमा कमब्याक गरेका सुधन मन्त्रिपरिषद्‍मा पाँचौं वरीयतामा, महाबीर आठौं नम्बरमा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङ र स्वतन्त्र सांसद महाबीर पुन मन्त्री नियुक्त भएका छन्।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सुधन र महाबीरलाई मंगलबार मन्त्री नियुक्त गरेका हुन्।

सुधान डेढ महिनापछि पुन: गृहमन्त्री बन्दा चुनावी सरकारमा शिक्षामन्त्रीको जिम्मेवारी पाएका महाबीर विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त भएका छन्।

नवनियुक्त मन्त्री सुधन र महाबीरलाई राष्ट्रपति पौडेलले शीतल निवासमा एक समारोहबीच पद तथा गोपनीयताको शपथ गराएका छन्।

सुधन र महाबीर मन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद् १७ सदस्यीय भएको छ। प्रधानमन्त्री बालेनले सुधनलाई पाँचौं वरीयतामा राखेका छन्। महाबीर भने वरीयतामा ८औं नम्बरमा छन्।

मन्त्रिपरिषद्‍मा स्वर्णिम वाग्ले दोस्रो, शिशिर खनाल तेस्रो, विराजभक्त श्रेष्ठ चौथो, सुनिल लम्साल छैटौं र सोविता गौतम सातौं नम्बरमा छन्। प्रधानमन्त्री बालेनले रक्षा मन्त्रालय भने आफैंसँग राखेका छन्।

सुधन गत चैत १३ गते गृहमन्त्री नियुक्त भएकामा सम्पत्तिको स्रोत र सेयरमा लगानीलाई लिएर प्रश्न उठेपछि गत वैशाख ९ गते राजीनामा दिन बाध्य भएका थिए।

उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा वैशाख २८ गते गठित छानबिन समितिले क्लिन चिट दिएसँगै प्रधानमन्त्री बालेनले सुधनलाई फेरि गृहमन्त्री बनाएका हुन्।