BIZMANDU
www.bizmandu.com

२ करोड ५८ लाख बिगो कायम मुद्दाका अभियुक्त पक्राउ, फैसला कार्यान्वयनका लागि अदालतमा

२०८३ जेठ २६

२ करोड ५८ लाख बिगो कायम मुद्दाका अभियुक्त पक्राउ, फैसला कार्यान्वयनका लागि अदालतमा
२ करोड ५८ लाख बिगो कायम मुद्दाका अभियुक्त पक्राउ, फैसला कार्यान्वयनका लागि अदालतमा

काठमाडौं। बैंकिङ कसूरसम्बन्धी १२ र चेक अनादरसम्बन्धी २ गरी जम्मा १४ वटा मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुढानीलकण्ठ-५ का ४७ वर्षीय राजु मिजार छन्।

Tata
GBIME
Nepal Life

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार काठमाडौं जिल्ला अदालतमा दायर मुद्दाहरुको विभिन्न मितिमा भएका फैसलाअनुसार मिजार दोषी ठहर भएका थिए। ती मुद्दाहरूमा बिगो २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ, जरिवाना ४३ लाख २३ हजार ५३४ र क्षतिपूर्ति रकम १ लाख ७२ हजार ९४१ रुपैयाँ कायम भएको थियो भने उनलाई ९० दिन कैद सजाय समेत तोकिएको थियो।

फरार रहेका मिजारलाई प्रहरीले सोमबार काठमाडौं-४ धुम्बाराहीबाट पक्राउ गरेको हो। पक्राउपछि फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।