काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रिपरिषद् बैठकमा डीडीसीको उत्पादन वितरण गरेकी छन्।
उनले डीडीसीका उत्पादनलाई प्रवर्धन गर्न सरकारी सहयोग आवश्यक रहेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरुलाई दूध, घिउ, दही, पनिर र चिज वितरण गरेकी हुन्।

मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण र किसानको हित प्रवर्धनका लागि डीडीसीको व्यावसायिक सुदृढीकरण आवश्यक रहेको बताइन्।
उनले डीडीसीलाई थप प्रतिस्पर्धी र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकायबीच समन्वयको आवश्यकता औंल्याएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन र उत्पादनको बजार सुनिश्चित गर्न सरकारी तहबाट आवश्यक सहयोग हुनुपर्नेमा उनको भनाइ थियो।