BIZMANDU
www.bizmandu.com

पहिरो नियन्त्रणको लागि ३ अर्ब बजेट छुट्याइयो, ६९ स्थानमा रोकथाम गरिने

२०८३ जेठ २६

पहिरो नियन्त्रणको लागि ३ अर्ब बजेट छुट्याइयो, ६९ स्थानमा रोकथाम गरिने
पहिरो नियन्त्रणको लागि ३ अर्ब बजेट छुट्याइयो, ६९ स्थानमा रोकथाम गरिने

काठमाडौं । राष्ट्रिय राजमार्गलाई २४ घण्टा नै संचालन गर्ने उद्देश्यले पहिरो नियन्त्रण योजना अगाडि सारिएको छ। बजेट अभाव भएर पहिरो नियन्त्रणमा समस्या आउन नदिन यो योजना सरकारले अगाडि सारेको हो।

Tata
GBIME
Nepal Life

विभिन्न राष्ट्रिय राजमार्गमा जाने पहिरो नियन्त्रण गर्न सरकारले तयारीसमेत थालेको छ। यसका लागि ३ अर्ब १७ करोड रुपैयाँ बजेट छुट्याइएको छ। उक्त बजेट विभिन्न राजमार्गमा पर्ने ६९ स्थानको पहिरो रोकथाममा काम गर्ने गरि छुट्याइएको हो।

यसमा कोशी राजमार्ग, पष्पलाल राजमार्ग, मुलघाट पात्लेखोला सडक, हलेसी दिक्तेल सडक, अरनिको राजमार्ग, चरिकोट सिंगटी, बालाजु-त्रिशुली, नागढुंगा- मुग्लिन, सिदार्थ राजमार्ग, कालिगण्डकी, मदन भण्डारी राजमार्ग, राप्ती राजमार्ग, मध्यपहाडी राजमार्गहरु रहेका छन्।