काठमाडौं। प्रधानमन्त्री निवासमा वासिङ मेसिनदेखि फ्रिज लगायत सामान किन्न सरकारले १ करोड ४० लाख रुपैयाँ छुट्याएको छ।
पूर्वाधार विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत प्रधानमन्त्री निवासमा मेसिनरी औजार, टीभी, कम्प्युटर, प्रिन्टर, ल्यापटप, गिजर लगायत सामान किन्न सरकारले आगामी आर्थिक वर्षको बजेटमा १ करोड ४० लाख रुपैयाँ छुट्याएको हो।
प्रधानमन्त्री निवासमै फर्निचर र फर्निसिङका लागि ७८ लाख २० हजार रुपैयाँ छुट्याइएको छ।
यसबाहेक प्रधानमन्त्री कार्यालयको बाहिरी गेटमा १ करोड रुपैयाँ खर्च गर्न लागिएको छ। गेटमा भेहिकल स्क्यानर तथा अन्य सुरक्षा उपकरण जडानका लागि १ करोड रुपैयाँ खर्च गर्न लागिएको हो।