BIZMANDU
www.bizmandu.com

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै, आज दिउँसो ३ बजे लिनेछन् सपथ

२०८३ जेठ २६

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै, आज दिउँसो ३ बजे लिनेछन् सपथ
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै, आज दिउँसो ३ बजे लिनेछन् सपथ

काठमाडौं । महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन्।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री बालेन्द्र शाहले आज पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रुपमा सिफारिस गरेका हुन्।

प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले पुनको सपथ आज दिउँसो ३ बजेका लागि तय भएको जानकारी दिइन्। आजै गृह मन्त्रीमा सुदन गुरुङको पनि ‘कमब्याक’ हुँदैछ। उनको सपथ पनि ३ बजे हुँदैछ।

पुन यसअघि सुशिला कार्की नेतृत्वको नागरिक सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री थिए। राजीनामा दिएर उनी स्वतन्त्र रुपमा चुनावामा होमिएका थिए। पुन म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

पुन शिक्षा मन्त्री हुँदा उनले मन्त्रालयबाट विज्ञान र प्रविधिलाई टुक्राएर छुट्टै मन्त्रालय बनाउनुपर्ने लबिङ गर्थे। सरकारले केही समय अघि मात्रै शिक्षाबाट विज्ञान र प्रविधि टुक्राएर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको थियो।

सो मन्त्रालयको जिम्मा यसअघि प्रधानमन्त्री बालेन्द्र शाह आफैले सम्हालेका थिए।