BIZMANDU
www.bizmandu.com

तल्लो अरुणसहित चार वटा आयोजनालाई वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

२०८३ जेठ २६

तल्लो अरुणसहित चार वटा आयोजनालाई वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति
तल्लो अरुणसहित चार वटा आयोजनालाई वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं। सरकारले विभिन्न चार वटा जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।

Tata
GBIME
Nepal Life

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तल्लो अरुण, लोअर न्यादी खोला, घुन्सा खोला र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो।

यस्तै बैठकले विशाल भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।