BIZMANDU
www.bizmandu.com

नागढुंगा सुरुङमार्ग समेतलाई फास्ट ट्र्याकसँग जोडिंदै, लिंक रोड बनाउन ५० करोड बजेट विनियोजन

२०८३ जेठ २६

नागढुंगा सुरुङमार्ग समेतलाई फास्ट ट्र्याकसँग जोडिंदै, लिंक रोड बनाउन ५० करोड बजेट विनियोजन
नागढुंगा सुरुङमार्ग समेतलाई फास्ट ट्र्याकसँग जोडिंदै, लिंक रोड बनाउन ५० करोड बजेट विनियोजन

काठमाडौं। सरकारले नागढुंगा-नौबिसे सुरुङमार्गसहितलाई काठमाडौं-तराई द्रुतमार्गसँग जोड्नका लागि लिंक रोड बनाउने योजना बनाएको छ।

Tata
GBIME
Nepal Life

फास्ट ट्र्याकको सुरुको विन्दुमा जग्गाको समस्या समाधान नभएपछि त्यसलाई सारेर लिंक रोड बनाउने योजना अगाडि सारिएको हो।

फास्ट ट्र्याकको सुरु विन्दु खोकनाबाट फर्सिडोलमा सारेर लिंक रोड सडक विभागले निर्माण गर्नेछ। सुरु विन्दु सार्नका लागि नेपाली सेनाले फास्ट ट्र्याकको डीपीआर संशोधन गरिसकेको छ।

सुरुवाती विन्दु फर्सिडोलमा सारेपछि चक्रपथबाट त्यहाँ पुग्न धेरै समय लाग्ने भएकाले विभागले फास्ट ट्र्याकलाई विभिन्न सडकले जोड्ने भएको हो।

पुल्चोक क्याम्पसले फास्ट ट्र्याकलाई लिंक गर्ने सडकका विकल्पबारे विभागलाई सुझाव दिइसकेको छ। एउटा दक्षिणकाली सडकले लिंक गर्नुपर्नेछ। यसले चोभारस्थित सुक्खा बन्दरगाहलाई फास्ट ट्र्याकसँग जोड्नेछ।

यस्तै बागमती करिडोर विस्तार गर्न र फास्ट ट्र्याकलाई थानकोट चेकपोस्टसम्म जोड्ने गरी सडक बनाउन पनि क्याम्पसले सुझाव दिएको छ। यसैगरी नख्खु करिडोर, दक्षिणकालीदेखि बुङमती जोड्ने सडक पनि विस्तार गर्नुपर्नेछ।

बल्खु-चोभार सडकलाई पनि विस्तार गर्ने योजना बनाइएको छ। यसले फास्ट ट्र्याकबाट लिंक रोड हुँदै सुक्खा बन्दरगाह आउने सामान अन्यत्र लान सहज हुनेछ।

यो सडक आयोजना अगाडि बढाउन सरकारले आगामी आर्थिक वर्षका लागि ५० करोड रुपैयाँ बजेट छुट्याएको छ। यसमा २ वटा पुल पनि हुनेछन्।