नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै फिफा वर्ल्डकप २०२६ टिभी प्याकेज सार्वजनिक गरेको छ।
विश्वकपलाई मध्यनजर गर्दै आइपीटिभी ग्राहकहरुका लागि यो प्याकेज ल्याइएको कम्पनीले जनाएको छ।
यस अन्तर्गत सम्पूर्ण आइपीटिभी ग्राहकहरुले ९९९ रुपैयाँमा सो प्याकेज खरिद गरी विश्वकपका खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्ने जनाइएको छ।
एनटिटिभी ग्राहकले आफ्नो टेलिभिजन सेट मार्फत हिमालय स्पोर्ट्स च्यानल छनोट गर्ना साथ स्क्रिनमा एउटा छुट्टै इन्ट्री स्क्रिन प्राप्त हुने र उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर राख्नासाथ एउटा ओटिपी प्राप्त हुनेछ। सो ओटिपी टीभी स्क्रिनमा इन्टर गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भएर प्याकेज तुरुन्त सुरु हुने जनाइएको छ।
साथै, नजिकको नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रबाट पनि उक्त प्याकेज सक्रिय गर्न सकिने जनाइएको छ।
आगामी जेठ २६ देखि साउन ३ सम्म वार्षिक १०० एमबीपीएस सोभन्दा बढी गति को इन्टरनेट विथ प्रिमियम आइपीटिभी प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा १०० एमबीपीएस भन्दा मुनिको प्याकेजबाट १०० एमबीपीएस वा सो भन्दा माथिको प्याकेजमा अपग्रेड हुने ग्राहकहरू विश्वकप टिभी प्याकेज बोनसको रूपमा निःशुल्क प्राप्त गर्ने जनाइएको छ।
उक्त बोनस प्याकेज प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट *१४१६# डायल गर्नुपर्नेछ।