काठमाडौं । भारतीय फुटबल स्टार भाइचुङ भुटिया फिसा विश्वकप २०२६ को प्रसारण अनुभवको हिस्सा बन्न नेपाल आउने भएका छन्। हिमालय स्पोर्ट्सले भुटिया विश्वकपको प्रि-म्याच र पोस्ट-म्याच शोमा सहभागी हुन नेपाल आउने जनाएको हो।
भुटिया रेडबुल फुटबल २६ इन एशोसिएसन विथ प्रोटन इ.एमएएसमा सहभागी हुनेछन्। यो फिफा विश्वकप २०२६ को लागि विशेष रूपमा तयार गरिएको प्रि-म्याच र पोस्ट-म्याच शो रहेको हिमालय स्पोर्ट्सले जनाएको छ।
उनीसँगै नेपालका चर्चित फुटबल खेलाडीहरू र फुटबल व्यक्तित्वहरू पनि शोमा सहभागी हुनेछन्। यसले दक्षिण एसियाली फुटबल अनुभव, नेपाली फुटबलको दृष्टिकोण र उत्साहपूर्ण विश्लेषणलाई एउटै मञ्चमा ल्याउने कम्पनीले जनाएको छ।
विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिताप्रति उत्साह बढ्दै गर्दा भाइचुङ भुटिया र नेपालका फुटबल स्टारहरूको उपस्थितिले नेपाली दर्शकहरूका लागि वर्ल्ड कप अनुभवलाई अझ विशेष बनाउने विश्वास लिइएको छ।
प्रि-म्याच र पोस्ट-म्याच शोमा विशेषज्ञ विश्लेषण, म्याच प्रिभ्यू, पोस्ट-म्याच प्रतिक्रिया, रणनीतिक छलफल र विशेष फुटबल सामग्री प्रस्तुत गरिनेछ।
यस घोषणाबारे हिमालय स्पोर्टसका सीइओ सुरज गिरीले भने, ‘फिफा वर्ल्ड कप २०२६ को हाम्रो कभरेजको हिस्सा बन्न भाइचुङ भुटियालाई नेपालमा स्वागत गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं। नेपालका आफ्नै फुटबल स्टारहरूसँगै उहाँको उपस्थितिले देशभरका फुटबल प्रेमीहरूका लागि वर्ल्ड कप अनुभवलाई अझ विशेष बनाउनेछ।’
फिफा विश्वकप २०२६ का खेलहरू नेपालमा हिमालय स्पोर्टर्स एचडी र डिजिटल रूपमा ‘डीजीओ’मा हेर्न सकिनेछ। दर्शकहरूले टिभीमा विश्वकप प्याकेज ९९९ रुपैयाँमा र मोबाइलमा डीजीओमार्फत ५४९ रुपैयाँमा सब्सक्राइब गर्न सक्नेछन्।
यस विश्वकप प्रसारण अभियानमा रेडबुल टाइटल स्पोन्सरका रुपमा रहेको र प्रोटन इ.एमएएस इन एसोसिएसन पार्टनरका रुपमा रहेको कम्पनीले जनाएको छ। त्यस्तै, विश्वकपको अफिसियल पार्टनर कोकाकोला पनि लाइभ ब्रोडकास्टको प्रिजेन्टेड बाइ पार्टनरका रुपमा रहेको छ।
यसैगरी रियल जुल र वाइवाइ नुडल्स पावर्ड बाइ पार्टनर्सका रुपमा रहेको र हिमस्टार र टीभीएस को-स्पोन्सर्स रहेको जनाइएको छ।