काठमाडौं । विगतका आर्थिक वर्षहरुका चालु ठेक्काहरु सम्पन्न गर्न दायित्व भुक्तानीका लागि सरकारले ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
निर्वाचन क्षेत्र रणनैतिक सडक शीर्षकमा विगतमा बजेट नभएर भुक्तानी हुन नसकेका आयोजनाहरुमा यो पटक सरकारले बजेट राखेर बक्यौता भुक्तानी दिने भएको हो।
यो शीर्षकमा ३७ वटा आयोजनाहरुको बाँकी रहेको बक्यौता भुक्तानी गर्न कुल २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।
त्यस्तै, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि बक्यौता भुक्तानी गर्न पनि बजेट छुट्याइएको छ। यसका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।
यो शीर्षकमा ४५ वटा आयोजनाहरुको बक्यौता रकम भुक्तानी हुन बाँकी छ। यस्तै चालु रहेका आयोजनाका लागि भने ३५ करोड रुपैयाँ बजेट छुट्याइएको छ।