BIZMANDU
www.bizmandu.com

विधान संशोधनको विषयमा इप्पान कार्यसमिति बैठकमा दुई समूह आमनेसामने, कसले के भने?

२०८३ जेठ २५

विधान संशोधनको विषयमा इप्पान कार्यसमिति बैठकमा दुई समूह आमनेसामने, कसले के भने?
विधान संशोधनको विषयमा इप्पान कार्यसमिति बैठकमा दुई समूह आमनेसामने, कसले के भने?

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को कार्यसमिति बैठकमा विधान संशोधनको विषयलाई लिएर दुई समूह आमनेसामने भएका छन्।

Tata
GBIME
Nepal Life

२४ औं साधारण सभाको पूर्व तयारी रहेको इप्पानमा विधान संशोधनको विवाद छ। दुई समूहले फरक भेला गरेर बैठकमा विधानको विषयमा छलफल गर्ने देखि आरोप प्रत्यारोप गरिरहेका छन्। सोमबार बिहान करिब साढे ८ बजे बसेको कार्य समितिको बैठकमा विधान संशोधनको विषयले प्रवेश पायो।

चुनाव नजिकिएसँगै इप्पान दुई समूहमा विभाजित छ। एउटा टिमको नेतृत्व उपाध्यक्ष उत्तम भ्लोन लामाले गरिरहेका छन् भने अर्को टिमको नेतृत्व उपाध्यक्ष र महासचिव बलराम खतिवडाले गरिरहेका छन्।

इप्पानको मुख्य विवाद जेठ २९ को निर्वाचन कुन विधान अनुसार गर्ने भन्नेमा छ।

सोमबारको बैठकमा उपमहासचिव प्रकाशचन्द्र दुलालले इप्पानले नयाँ विधान अनुसार निर्वाचन हुने माग गरेका थिए। 

महासचिव बलाराम खतिवडा पनि संशोधन भएको विधान अनुसार सबैलाई खुला गरेर चुनावमा जानुपर्ने पक्षमा उभिए। मिथुल पौडेललगायत केही सदस्य विधान संशोधन गरेर अगाडि बढ्नुपर्ने  पक्षमा उभिएका थिए।

त्यसपछि  कार्यसमिति सदस्य उत्तरकुमार श्रेष्ठले चुनावका बेलामा जहिले पनि संस्थालाई नै बदनाम गर्नेगरि विभिन्न आरोप लगाइएको भन्दै ध्यानाकर्षण गराए। 

श्रेष्ठको भनाइमा कार्यसमिति सदस्य सुसन कर्माचार्य, नरेन्द्र वल्लभ पन्थलगायतले साथ दिएका थिए। उनीहरुले जहिले पनि चुनावमा नजिकै गर्दा विधानलाई लिएर विवाद गर्दा संस्थालाई नै हानी भइरहेका बताएका थिए।

विधान संशोधनकै विषयमा करिब पौने घण्टा बैठक चलेको थियो। त्यसपछि उक्त विषयमा अध्यक्ष गणेश कार्कीको चेम्बरमा पनि लामै छलफल भएको थियो।

के के भयो निर्णय?

बैठकले २०८० जेठ ३२ गतेको  इप्पानको २१औं वार्षिक साधारण सभाले भानुभक्त पोखरेलको संयोजकत्वमा रहेको समितिले दिएको विधान मस्यौदालाई साधारण सभामा पेस गर्ने निर्णय गरेको छ। ‘२०८३ साल ज्येष्ठ २५ गते सम्पन्न २०३औं बैठकले इप्पान विधान २०७८ लाई संशोधन गरी आगामी २०८३ साल ज्येष्ठ २९ गते हुने २४औं वार्षिक साधारण सभाका लागि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाको अन्त्य गर्ने र  विधान संशोधन भएपश्चात् एक कार्यकाल कार्यसमितिमा रहेका विधान अनुसार योग्य भएका व्यक्ति अध्यक्षको उम्मेदवार हुन पाउने तथा अन्य सबै पदमा खुल्लारुपमा उम्मेदवारी दिने गरी प्रस्ताव लैजान लागेको निर्णय गरेको छ,’ निर्णयमा भनिएको छ।

उक्त समितिको प्रतिवेदनमाथि छलफल २०८२ साल असार ३१ गते सम्पन्न इप्पानको २३औं साधारण सभाले सोको कार्यान्वयन गर्न संस्थाका अध्यक्षलाई अख्तियारी दिएको थियो। अध्यक्षले महासंघ बनाउन नसक्ने गरी २०८३ साल वैशाख ४ गते सम्पन्न २००औं कार्यसमितिको बैठकले इप्पानको विधान २०७८ अनुसार २४औं वार्षिक साधारण सभा एवम् आठौं अधिवेशन गर्ने निर्णय गरेको छ।

यस्तै उपमहासचिव दुलालले सार्वजनिक रूपमा विधान गायब भएको, विधान विपरीत साधारण सभा आयोजना गर्न लागिएको जस्ता अनर्गल र  कपोलकल्पित प्रचार गरेकोले भर्त्सना गरिएको छ।