काठमाडौं । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिपक बराललाई दिइएको छ।
यसअघि चण्डिका भट्टले राजीनामा दिएपछि नागेन्द्र साहलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो। तर, शाह अघिल्लो हप्ता अवकासमा गएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्को व्यवस्था नभएसम्मको लागि दीपक बराललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।
बरालले निगम भित्र लामो समयदेखि विभिन्न इन्जिनियरिङ तथा प्रशासनिक जिम्मेवारी सम्हाल्दै आएका छन्। अहिले बराल निगममा उपप्रबन्ध निर्देशक हुन।
बरालले निगमको सबैभन्दा महत्त्वपूर्ण इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग प्रमुखसमेत भएर समेत काम गरेका छन्।
साथै उनले पेट्रोलियम उत्पादनको मार्केटिङ रणनीति, आपूर्ति व्यवस्थापन, इन्धन वितरण प्रणालीसँग सम्बन्धित नीति कार्यान्वयन र अन्तर्राष्ट्रिय आपूर्तिकर्ता आईओसीसँग समन्वय गर्दै आइरहेका छन्।