काठमाडौं। अर्थ मन्त्रालयले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ७५३ वटा स्थानीय तहाई आगामी आर्थिक वर्षका लागि कुल ३ खर्ब १४ अर्ब ६२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
पुँजीगततर्फ ३२ अर्ब ७८ करोड र चालुतर्फ २ खर्ब ८१ अर्ब ८४ करोड विनियोजन गरिएको हो।
वित्तीय हस्तान्तरणमार्फत विनियोजन गरिएकोमध्ये ९० अर्ब २० करोड समानीकरण अनुदानको रुपमा स्थानीय तहमा जानेछ।
त्यस्तै २ खर्ब ६ अर्ब ससर्त अनुदान, ९ अर्ब ४० करोड विशेष अनुदान र ८ अर्ब ९२ करोड रुपैयाँ समपूरक अनुदानका रुपमा हस्तान्तरण हुने अर्थ मन्त्रालयले जनाएको छ।
पोखरा महानगरपालिकाले ३ अर्ब १८ करोड ६० लाख, काठमाडौं महानगरले २ अर्ब २८ करोड ८८ लाख, भरतपुर महानगरपालिकाले २ अर्ब ५ करोड १७ लाख, वीरगंज महानगरले १ अर्ब ९८ करोड २९ लाख, ललितपुर महानगरले १ अर्ब १५ करोड ३३ लाख र विराटनगर महानगरले १ अर्ब ७ करोड २८ लाख रुपैयाँ बजेट पाएका छन्।
कुन स्थानीय तहलाई कति बजेट?