BIZMANDU
www.bizmandu.com

महेन्द्र पी लामा इसीमोडको वरिष्ठ सल्लाहकारमा नियुक्त

२०८३ जेठ २५

महेन्द्र पी लामा इसीमोडको वरिष्ठ सल्लाहकारमा नियुक्त
महेन्द्र पी लामा इसीमोडको वरिष्ठ सल्लाहकारमा नियुक्त

काठमाडौं । प्राध्यापक डा. महेन्द्र पी लामा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड)को वरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन्। इसीमोडले लामालाई क्षेत्रीय कूटनीति सीपको आदानप्रदान तथा नीतिगत अनुभवका लागि नियुक्त वरिष्ठ सल्लाहकारमा नियुक्त गरेको जनाएको हो।

Tata
GBIME
Nepal Life

इसीमोडका डाइरेक्टर जनरल डा. पेमा ग्यामसोले प्राध्यापक लामालाई वरिष्ठ सल्लाहकारको रूपमा आमन्त्रित गर्दै शैक्षिक विशेषज्ञता, नीतिगत अनुभव तथा क्षेत्रीय कूटनीतिक सीपहरू आईसीआईएमओडीका लागि अत्यन्त उपयोगी हुन उल्लेख गरेका छन्।

ग्यामसोले क्षेत्रीय एकीकरण, व्यापार, सम्पर्क विस्तार र पर्वतीय अर्थतन्त्रसम्बन्धी लामाको अनुभवले अनुसन्धानलाई व्यवहारिक नीति तथा कार्यान्वयनमा रूपान्तरण गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याउने पनि उल्लेख गरेका छन्। लामा नेपाल–भारत प्रबुद्ध समूहका सदस्य पनि थिए।

इसीमोड हिन्दुकुश–हिमालय क्षेत्रका जनताको हितका लागि कार्यरत आठ राष्ट्रहरूको अन्तरसरकारी ज्ञान तथा सिकाइ केन्द्र हो। सन् १९८३ मा स्थापना भएको इसीमोडमा नेपाल, भुटान, चीन, भारत, अफगानिस्तान, बंगलादेश, म्यानमार र पाकिस्तान सदस्य रहेका छन्। संस्थाले यो क्षेत्रका महिला, पुरुष र बालबालिकाको जीवनस्तर तथा जीविकोपार्जनमा सुधार ल्याउने र पर्वतीय वातावरण तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले काम गर्दै आएको छ।