BIZMANDU
www.bizmandu.com

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई, माछापुच्छ्रे बैंक दोस्रो

२०८३ जेठ २५

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई, माछापुच्छ्रे बैंक दोस्रो
महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई, माछापुच्छ्रे बैंक दोस्रो

काठमाडौं। महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ को पाँचौँ संस्करणको उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ। प्रतियोगितामा माछापुच्छ्रे बैंकले दोस्रो स्थान हासिल गरेको छ।

Tata
GBIME
Nepal Life

महालक्ष्मी विकास बैंकले आफ्नो ३२ औं वार्षिकोत्सवको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको जनाएको छ। प्रतियोगिता जेठ १७ गतेदेखि जेठ २० गतेसम्म चार दिन काठमाडौंमा भएको थियो।

विजेतालाई शुक्रबार पुरस्कार वितरण गरिएको छ। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम बैंकलाई ट्रफी हस्तान्तरण गरिएको छ। साथै, सह-विजेता माछापुच्छ्रे बैंकलाई उप-विजेताको ट्रफी प्रदान गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट फिल्डर लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान, उत्कृष्ट विकेट-किपर सानिमा जिआईसी इन्स्योरेन्सका अनिल भुजेल, उत्कृष्ट बलर नेपाल बैंक लिमिटेडका मोहन कुमार श्रेष्ठ, उत्कृष्ट ब्याट्सम्यान माछापुच्छ्रे बैंकका स्रिजन सुवेदी तथा उत्कृष्ट खेलाडी प्राइम कमर्सियल बैंकका कृतार्थ शाक्यले भएका छन्।

साथै, फेयर प्ले अवार्ड सानिमा जिआईसी इन्स्योरेन्सले जितेको छ।

उक्त प्रतियोगितामा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बीमा कम्पनी र १ मर्चेन्ट बैंक गरी कुल २४ टिमले सहभागिता जनाएका थिए।