BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न विपक्षीको माग, ‘आफैंले गरेको छानबिन मान्य हुँदैन’

२०८३ जेठ २५

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न विपक्षीको माग, ‘आफैंले गरेको छानबिन मान्य हुँदैन’
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न विपक्षीको माग, ‘आफैंले गरेको छानबिन मान्य हुँदैन’

काठमाडौं। प्रतिपक्षी दलहरूले आफूअनुकूल अर्थ विधेयक परिवर्तन गरेकोमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन हुनुपर्ने माग गरेका छन्।

Tata
GBIME
Nepal Life

प्रतिपक्षी दलहरूका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञान बहादुर शाहीले करका दर हेरफेर गरेर गम्भीर अपराध गरेको बताए।

‘संसदीय छानबिन गर्नुपर्छ। आफैंले गरेको छानबिन मान्य हुँदैन,’ उनले भने।

करका दरमा हेरफेर गरेर निश्चित व्यापारीलाई मात्र फाइदा पुर्‍याएको पनि शाहीले आरोप लगाएका छन्। पहिला अहिलेको सत्तारुढ दलले पनि संसदीय छानबिनको माग गरेको घटना पनि शाहीले स्मरण गराएका थिए।