BIZMANDU
www.bizmandu.com

भाटभटेनी र ग्लोबल आईएमई बैंकको साझेदारीमा ‘ग्लोबल बीबीएसएम क्लब कार्ड’ सार्वजनिक

२०८३ जेठ २५

भाटभटेनी र ग्लोबल आईएमई बैंकको साझेदारीमा ‘ग्लोबल बीबीएसएम क्लब कार्ड’ सार्वजनिक
भाटभटेनी र ग्लोबल आईएमई बैंकको साझेदारीमा ‘ग्लोबल बीबीएसएम क्लब कार्ड’ सार्वजनिक


काठमाडौं । रिटेल चेन भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरले ग्लोबल आईएमई बैंक लिमिटेडसँगको रणनीतिक साझेदारीमा ‘ग्लोबल बीबीएसएम क्लब कार्ड’ सार्वजनिक गरेको छ।

Vigo
GBIME
Tata

यो को-ब्रान्डेड क्लोज्ड-लुप क्रेडिट कार्ड भाटभटेनीका ग्राहकहरूलाई अझ सहज र सुविधाजनक किनमेल अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको जनाइएको छ।

यस सुविधामार्फत योग्य ग्राहकहरूले इलेक्ट्रोनिक्स सामानहरू खरिद गर्दा तत्काल भुक्तानीको दबाब बिना सहज रूपमा किनमेल गर्न सक्ने जनाइएको छ।

प्रारम्भिक चरणमा यो योजना इलेक्ट्रोनिक्स खरिदमा लागू हुनेछ। जहाँ १५ हजार रुपैयाँ वा सोभन्दा माथिको खरिद रकमलाई कुनै अतिरिक्त ब्याज वा अग्रिम भुक्तानी बिना ३, ६, ९, १२ वा १८ महिनासम्मको किस्ताबन्दी (इएमआई) सुविधामा रूपान्तरण गर्न सकिने जनाइएको छ।

‘ग्लोबल बीबीएसएम क्लब कार्ड’ अन्तर्गत योग्य ग्राहकहरूले आफ्नो किनमेल इतिहास, लोयल्टी सदस्यता विवरण, केवाइसी प्रमाणीकरण तथा ग्लोबल आईएमई बैंकको मूल्याङ्कन प्रक्रियाका आधारमा १ लाख ५० हजार देखि ३ लाख रुपैयाँ सम्मको पूर्व-स्वीकृत क्रेडिट सीमा प्राप्त गर्न सक्नेछन्।

यसका साथै ग्राहकहरूले इएमआई मार्फत खरिद गर्दा विभिन्न विशेष छुट तथा आकर्षक अफरहरूको लाभ लिन सक्ने जनाइएको छ। यसले दैनिक आवश्यकतादेखि उच्च मूल्यका वस्तुसम्मको खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउने विश्वास कम्पनीको छ।

यो सुविधा भाटभटेनीका देशभर रहेका स्टोरहरूमा उपलब्ध हुनेछ। यसमार्फत ग्राहकहरूले भाटभटेनीको व्यापक रिटेल सञ्जालसँगै ग्लोबल आईएमई बैंकको आधुनिक बैंकिङ तथा डिजिटल भुक्तानी सेवाको सहज अनुभव प्राप्त गर्न सक्ने जनाइएको छ।