BIZMANDU
www.bizmandu.com

सर्वदलीय बैठकमा रविले भने, ‘परराष्ट्रमन्त्री र मैले जवाफ दिन्छौँ तर प्रधानमन्त्री आउनु हुन्न’

२०८३ जेठ २५

सर्वदलीय बैठकमा रविले भने, ‘परराष्ट्रमन्त्री र मैले जवाफ दिन्छौँ तर प्रधानमन्त्री आउनु हुन्न’
सर्वदलीय बैठकमा रविले भने, ‘परराष्ट्रमन्त्री र मैले जवाफ दिन्छौँ तर प्रधानमन्त्री आउनु हुन्न’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिपक्षी दलहरुले उठाएको प्रश्नबारे परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने बताएका छन्।

Tata
GBIME
Nepal Life

सिंहदरबारमा सोमबार भएको सर्वदलीय बैठकमा लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भनेकोबारे खनालले जवाफ दिने बताएका हुन्। आवश्यक परे आफू पनि संसद्मा जवाफका लागि तयार भएको लामिछानेले बताए।

तर दलहरुले प्रधानमन्त्रीको जवाफबिना संसद् अवरोध नहट्ने अडान राखेका छन्। ‘परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ। आवश्यक परे म पनि दिउँला। तर, अहिले प्रधानमन्त्री आउनुहुन्न भनेर रविले भन्नुभयो,’ एमालेका प्रमुख सचेतक ऐन महरले भने।