BIZMANDU
www.bizmandu.com

भारतबाट फर्किएलगत्तै रविले बोलाए सर्वदलीय बैठक, संसदको अवरोध हटाउनेबारे छलफल हुने

२०८३ जेठ २४

भारतबाट फर्किएलगत्तै रविले बोलाए सर्वदलीय बैठक, संसदको अवरोध हटाउनेबारे छलफल हुने
भारतबाट फर्किएलगत्तै रविले बोलाए सर्वदलीय बैठक, संसदको अवरोध हटाउनेबारे छलफल हुने

काठमाडौ।भारत भ्रमणबाट फर्किएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।

Tata
GBIME
Nepal Life

समसामयिक राजनीतिका बिषयमा छलफल गर्न सभापति लामिछानेले बैठक आह्वान गरेका रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए। जेठ २५ गते बिहान ९ बजे बैठक बोलाइएको छ। संसदको अवरोध हटाउने विषयमा छलफल गर्ने तयारीस्वरुप बैठक बोलाइएको हो। भारत भ्रमणबारे पनि सो अवसरका लामिछानेले जानकारी गराउनेछन्।  

सिंहदरबारस्थित प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको हलमा बैठक बस्नेछ।

बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको छ। दलहरुलाई बैठकबारे सूचना पठाइसिकएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि संसदका दुवै सदनको बैठक अवरुद्ध छन्। अवरुद्ध हुँदै आएको प्रतिनिधि सभाको बैठक जेठ २५ गते र राष्ट्रिय सभाको बैठक जेठ २६ गतेका लागि बोलाइएको छ।