BIZMANDU
www.bizmandu.com

सीएनआई कोशीले पायो ‘बेस्ट प्रोभिन्स’ सम्मान, शारडाले भने- व्यवसाय प्रवर्धनमा क्रियाशील रहन्छौं

२०८३ जेठ २४

सीएनआई कोशीले पायो ‘बेस्ट प्रोभिन्स’ सम्मान, शारडाले भने- व्यवसाय प्रवर्धनमा क्रियाशील रहन्छौं
सीएनआई कोशीले पायो ‘बेस्ट प्रोभिन्स’ सम्मान, शारडाले भने- व्यवसाय प्रवर्धनमा क्रियाशील रहन्छौं

विराटनगर। नेपाल उद्योग परिसंघ (सीएनआई)ले आफ्नो कोशी प्रदेश समितिलाई ‘बेस्ट प्रोभिन्स’ सम्मान प्रदान गरेको छ। सीएनआईले आफ्नो २३औं केन्द्रीय अधिवेशनमा कोशी प्रदेश समितिलाई उक्त सम्मान प्रदान गरेको हो।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीएनआई कोशीका अध्यक्ष पवनकुमार शारडालाई सम्मान प्रदान गरे। शारडाले आफू जुन प्लेटफर्ममा रहँदा पनि उद्योग र व्यवसाय प्रवर्धन र संरक्षणका लागि क्रियाशील भइरहने प्रतिबद्धता व्यक्त गरे।

सीएनआईले कोशीका निर्यातमूलक उद्योग बाबा भेजिटेबल आयल इन्डस्ट्रिज, रिलायन्स स्पिनिङ मिल्स र शिवम प्लास्टिक इन्डस्ट्रिजलाई पनि सम्मान गरेको छ। ती उद्योगका संचालक प्रकाश मुन्दडा, शशिकान्त अग्रवाल र विशाल थापालाई सम्मानपत्र ग्रहण गरेका थिए।