BIZMANDU
www.bizmandu.com

रियल सेक्टरका ३० कम्पनीको ३५.३५ अर्बको फाइल पेन्डिङ, सेबोन डेढ महिनादेखि अनिर्णीत

२०८३ जेठ २४

रियल सेक्टरका ३० कम्पनीको ३५.३५ अर्बको फाइल पेन्डिङ, सेबोन डेढ महिनादेखि अनिर्णीत
रियल सेक्टरका ३० कम्पनीको ३५.३५ अर्बको फाइल पेन्डिङ, सेबोन डेढ महिनादेखि अनिर्णीत

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आइपीओ निष्कासनका लागि आवेदन दिने उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको संख्या साढे दुई दर्जन पुगेको छ।

Tata
GBIME
Nepal Life

सेबोमा जेठ तेस्रो सातासम्म आइपीओ अनुमति माग गर्दै उत्पादन तथा प्रशोधन क्षेत्रका ३० वटा कम्पनीले आवेदन दिएका हुन्।

कम्पनीले अंकित र प्रिमियम मूल्यमा ३५ अर्ब ३५ करोड २२ लाख ८८ हजार रुपैयाँ बराबरको १६ करोड ६४ लाख २५ हजार कित्ता सेयर निष्कासनको अनुमति मागेका छन्।

सिमेन्ट, स्टील, डिष्टिलरी, औषधि र कृषिसँग सम्बन्धित उत्पादनमूलक उद्योग सञ्चालन गरेका कम्पनीले आइपीओ निष्कासन गर्न चाहेका छन्। आइपीओ अनुमतिका लागि २०८० देखि आवेदन दिएका कम्पनीको फाइल पाइपलाइनमा छ।

सेबोनमा अध्यक्ष नियुक्त नहुँदा पछिल्लो डेढ महिनादेखि आइपीओ अनुमति ठप्प छ। आइपीओ स्वीकृत नहुँदा पाइपलाइनमा कम्पनीको संख्या थपिंदै गएको हो।

सेबोनका कर्मचारीहरु आइपीओ अनुमतिको काम अध्यक्ष नियुक्त नभएकाले रोकिएको बताउँछन्। उनीहरुले अहिले कम्पनीको विवरण हेर्ने काम मात्रै गरिरहेका छन्।

प्रिमियम मूल्यको आइपीओ पछिल्लो तीन वर्षदेखि ठप्प छ। सेबोनले प्रिमियम मूल्यमा आइपीओ बिक्रीको अनुमति दिएको छैन।

आइपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा आवेदन दिएका उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनी

कम्पनीनिष्कासन कित्ता (संख्या)निष्कासन रकम
जगदम्बा स्टील्स२,००,७०,०००६,६२,३१,००,०००
सौर्य सिमेन्ट इण्डष्ट्रिज१,५९,८१,५००५,३२,१८,३९,५००
मारुती सिमेन्ट१,१६,००,०००४,९४,१६,००,०००
लक्ष्मी टेक्नोप्लाष्ट१०,००,०००१०,००,००,०००
श्री डिष्टिलरी१५,१२,०००१५,१२,००,०००
भूगर्भ सिमेन्ट२०,२०,०००२०,२०,००,०००
रिद्धिसिद्धि सिमेन्ट१,२१,७१,५००२,९९,४१,८९,०००
अम्बे स्टील्स१,११,९२,७२७३,३९,१३,९६,२८१
कान्तिपुर फर्मास्युटिकल्स१७,००,०००१७,००,००,०००
महाशक्ति सिमेन्ट१,७८,५०,८५७१,७८,५०,८५,७००
शुभश्री अग्नि सिमेन्ट२,०२,१०,०००२,०२,१०,००,०००
हुलास इन्फ्रा३५,४७,१८८१,१८,३२,००,०२९
दाउन्ने एग्रो फार्म१२,५०,०००१२,५०,००,०००
गोदावरी स्टील१,०५,००,०००१,०५,००,००,०००
जस्मिन पेन्ट्स१०,००,०००१०,००,००,०००
एनसी एग्रो टेक इण्डष्ट्रिज१८,७५,०००१८,७५,००,०००
केबी एग्रो एण्ड रिसर्च कम्पनी१०,९७,२५०१०,९७,२५,०००
नभिक्स फर्मास्युटिकल्स१३,७५,०००१३,७५,००,०००
सारथी केबल इण्डष्ट्रिज१४,००,०००१४,००,००,०००
सुप्रिम हेल्थकेयर१४,००,०००१४,००,००,०००
एसियन ब्याट्रिज१३,००,०००१३,००,००,०००
हुलास आइरन इण्डष्ट्रिज९७,५०,०००२,४८,६२,५०,०००
नेसनल बायोटेक१०,००,०००१०,००,००,०००
शान्ता प्लाइउड२१,५०,०००२१,५०,००,०००
भगवती स्टील इण्डष्ट्रिज१५,००,०००३४,९५,००,०००
एसियन कंक्रिटो१०,६२,५००१०,६२,५०,०००
राजेश मेटल क्राफ्ट्स६०,००,०००६०,००,००,०००
अन्नपूर्ण माछा दाना उद्योग१०,०९,५३११०,०९,५३,१००
युवरानी एग्रो इण्डष्ट्रिज१६,५०,०००१६,५०,००,०००
प्रिमियर डिष्टिलरी२२,५०,०००२२,५०,०००
कुल १६,६४,२५,०५३३५,३५,२२,८८,६१०
स्रोत : नेपाल धितोपत्र बोर्ड