काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको जिल्ला अधिवेशन अन्तर्गत १७ जिल्लामा पदाधिकारी चयन भएका छन्। केही ठाउँमा निर्वाचनबाट र केहीमा सर्वसम्मत नेतृत्व चयन भएको हो।
शनिबार ३७ जिल्लाको अधिवेशन सम्पन्न भएको छ। ३० वटा जिल्लामा आइतबार जिल्ला अधिवेशन भइरहेको छ। जिल्ला अधिवेशन सम्पन्न भएको केही ठाउँमा अन्तिम नतिजा आउन बाँकी छ।
रास्वपाले असार ७ दखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्दै छ। राष्ट्रिय महाधिवेशनअघि ६७ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न हुने महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए। ‘पार्टीको मुख्य संगठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ। बाँकी १० जिल्लाहरूको अधिवेशन राष्ट्रिय महाधिवेशन पश्चात हुने छ,’ उनले भने। सिन्धुपाल्चोकमा शनिबार सुरू भएको अधिवेशन स्थगित भएको छ। मंगलबारदेखि प्रदेश अधिवेशन सुरु हुने छ।
यि हुन् १७ जिल्ला सभापति
| जिल्ला | जिल्ला सभापति |
| झापा | ओमनाथ भण्डारी |
| सुनसरी | सागर दाहाल |
| मोरङ | भरत कँडेल |
| ताप्लेजुङ | राजनकुमार गुरुङ |
| तेह्रथुम | सुमन खत्री |
| भोजपुर | ख्यामबहादुर भुजेल |
| संखुवासभा | भक्तनारायण श्रेष्ठ |
| ओखलढुंगा | कृष्णबहादुर थापा |
| काठमाडौं | राजा शाक्य |
| भक्तपुर | रामेश्वर बस्नेत |
| काभ्रेपलाञ्चोक | प्रविन ढकाल |
| सिन्धुली | अविनाश बस्नेत |
| रामेछाप | रमेश रायमाझी |
| दोलखा | दिनेश बस्नेत |
| नुवाकोट | रामेश्वर गजुरेल |
| धादिङ | राजन अर्याल |
| मकवानपुर | सञ्जीव पाठक |
कोशी प्रदेशका उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम तथा मधेश प्रदेशका सिरहा, धनुषा, पर्सा र सर्लाहीमा आइतबार जिल्ला अधिवेशन भइरहेको छ। बागमती प्रदेशका चितवन र ललितपुर तथा गण्डकी प्रदेश तनहुँ, नवलपुर, गोरखा र लमजुङमा पनि आजै जिल्ला अधिवेश भइरहेको छ।
लुम्बिनी प्रदेशका अर्घाखाँची, रुपन्देही र प्यूठान तथा कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला पनि आइतबार अधिवेशन भइरहेको छ।
सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा पनि आजै अधिवेशन भइरहेको छ।