BIZMANDU
www.bizmandu.com

ओमनमाथि एकतर्फी जित निकाल्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

२०८३ जेठ २४

ओमनमाथि एकतर्फी जित निकाल्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा
ओमनमाथि एकतर्फी जित निकाल्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

काठमाडौं। नेपाली क्रिकेट टोली एसियाली खेलकुद छनोटको फाइनलमा पुगेको छ। आज सम्पन्न सेमिफाइनल खेलमा ओमनलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।

Tata
GBIME
Nepal Life

सिंगापुरस्थित राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको ओमनले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो। ओमनका लागि कप्तान सुफयन मेहमुदले सर्वाधिक ३८ रन बनाउँदा जुबैर अल बलुसीले २२ तथा अब्दुल जलिलले १६ रन बनाए।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिँदा सोमपाल कामी र सन्दीप लामिछानेले समान २ तथा शहाब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि लोकेश बमले अविजित रहँदै सर्वाधिक ४४ रन बनाउँदा रोहित पौडेल २१ रनमा अविजित रहे। त्यस्तै, कुशल भुर्तेलले २० रन बनाउँदा आशिफ शेख १ रन बनाएर पभेलियन फर्किए।

नेपाल र ओमन दुवै यसअघि नै एसियाली खेलकुदका लागि छनोट भइसकेका छन्। नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेता टोलीसँग खेल्नेछ।