BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा ८२०० रुपैयाँ सस्तियो, चाँदीको भाउ पनि प्रति तोला ३३५ रुपैयाँ घट्यो

२०८३ जेठ २४

सुनको मूल्य तोलामा ८२०० रुपैयाँ सस्तियो, चाँदीको भाउ पनि प्रति तोला ३३५ रुपैयाँ घट्यो
सुनको मूल्य तोलामा ८२०० रुपैयाँ सस्तियो, चाँदीको भाउ पनि प्रति तोला ३३५ रुपैयाँ घट्यो

काठमाडौं। सुनको मूल्य तोलामा ८ हजार २०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुनको मूल्य आइतबार ३ लाख ८०० रुपैयाँ निर्धारण भएको छ।

GBIME
Tata

सुन शुक्रबार ३ लाख ९ हजार रुपैयाँका दरले किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औँस ४ हजार ५०० रुपैयाँमा आइपुगेको छ।

चाँदीको मूल्य पनि प्रति तोला ३३५ रुपैयाँ घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रति तोला ४ हजार ८९५ रुपैयाँ निर्धारण भएको छ।