BIZMANDU
www.bizmandu.com

नेकपाका सांसदलाई अभिमुखीकरण, सदनमा उपस्थिति प्रभावशाली बनाउने उद्देश्य

२०८३ जेठ २३

नेकपाका सांसदलाई अभिमुखीकरण, सदनमा उपस्थिति प्रभावशाली बनाउने उद्देश्य
नेकपाका सांसदलाई अभिमुखीकरण, सदनमा उपस्थिति प्रभावशाली बनाउने उद्देश्य

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले आफ्ना सांसदहरुलाई अभिमुखीकरण तालिम दिएको छ। सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संघीय संसदका दुवै सदनका सांसदका लागि तालिम प्रदान गरिएको नेता एवं सांसद् वर्षमान पुन अनन्तले जानकारी दिए।

Tata
GBIME
Nepal Life

एक दिवसीय प्रशिक्षण कार्यक्रम काठमाण्डौंको स्वयम्भूस्थित एक होटलमा आयोजना गरिएको थियो। कार्यशालामा नेता डा. बेदुराम भुसाल, वरिष्ठ अधिवक्ता रामनारायण बिडारी, संविधानविद् एवं संविधानसभा सदस्य खिमलाल देवकोटा र राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयालले सहभागीहरुलाई प्रशिक्षण दिए।

पूर्वसचिव कार्यशालामा फुयालले संसदीय अभ्यास, संसदीय कार्यप्रक्रिया र संसद् नियमावली, देवकोटाले संविधान र संसद्, भुसालले विधेयकको उत्पत्ति, निर्माण, विधेयक पेस गर्ने प्रक्रिया तथा संशोधनदेखि विधेयक पारित भएर कानून बन्दासम्मको प्रक्रिया र बिडारीले प्रत्यायोजित विधायनका विषयमा प्रस्तुति दिएका थिए।

सांसदहरुको क्षमतावृद्धि तथा संसदमा प्रभावकारी भूमिका बढाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको जानकारी दिए । संघीय संसद्मा नेकपाका ३४ सांसद् छन्।