BIZMANDU
www.bizmandu.com

रवि लामिछानेले भारत भ्रमणबाट फर्किएर भने- सरकार तलमाथि हुँदैन, सहमतिमा अडिग छौं

२०८३ जेठ २२

रवि लामिछानेले भारत भ्रमणबाट फर्किएर भने- सरकार तलमाथि हुँदैन, सहमतिमा अडिग छौं
रवि लामिछानेले भारत भ्रमणबाट फर्किएर भने- सरकार तलमाथि हुँदैन, सहमतिमा अडिग छौं

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्। रवि पाँच दिन लामो भ्रमण पूरा गरी शुक्रबार साँझ स्वदेश फर्किएका हुन्।

Tata
GBIME
Nepal Life

रविले आफ्नो भ्रमणका कारण सरकार तलमाथि हुने आशंका नगर्न आग्रह गरे। उनले स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीका प्रश्नको जवाफ दिने क्रममा निर्वाचनअघि गरेको बाचा र सहमतिमा दायाँबायाँ नहुने बताए।

‘निर्वाचनअघि हामीले लेखेको कागज एकपटक पढ्नु अनुरोध गर्छु। हामी अस्थिरताको पक्षमा छैनौं। हामी स्थिरताको पक्षमा छौं। नेपाली जनताले स्थिरता सरकारका लागि हामीलाई मतदान गरेका हुन्। त्यसैले लेखेर र बोलेर गरेको बाचामा हामी अडिग रहन्छौं। प्रतिपक्षका प्रश्नको जवाफ दिएर साध्य हुँदैन,’ उनले भने।

रविले प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भनी दिएको विवादित अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रष्ट पारिसकेको भन्दै त्यो भन्दा थप आधिकारिकता खोज्नुपर्ने आवश्यकता नरहेको बताए।

उनले आफ्नो भ्रमणले नेपाल भारत सम्बन्धलाई रिसेट गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। जेठ १८ गते नयाँ दिल्ली गएका रविले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए। भारतले उनलाई उच्च सम्मान दिएको थियो।