BIZMANDU
www.bizmandu.com

हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-सेन्जेन उडान, जाँदा ९८ र फर्किंदा १५७ यात्रु

२०८३ जेठ २२

हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-सेन्जेन उडान, जाँदा ९८ र फर्किंदा १५७ यात्रु
हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-सेन्जेन उडान, जाँदा ९८ र फर्किंदा १५७ यात्रु

काठमाडौं। हिमालय एयरलाइन्सले काठमाडौं-सेन्जेन-काठमाडौं सिधा उडान सुरु गरेको छ। कम्पनीले चीनको ‘सिलिकन भ्याली’का नामले प्रख्यात सेन्जेनमा काठमाडौंबाट बिहीबारदेखि सिधा उडान सुरु गरेको हो।

Tata
GBIME
Nepal Life

हिमालय एयरलाइन्सको जहाज बिहीबार राति ९:५९ बजे ९८ यात्रुसहित सेन्जेनतर्फ प्रस्थान गरेको थियो। जहाज चीनको स्थानीय समय अनुसार बिहान ४:१७ बजे सेन्जेनस्थित सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

जहाज १५७ यात्रुसहित शुक्रबार बिहान काठमाडौं फर्किएको छ।

हिमालय एयरलाइन्सले सेन्जेनमा उडानलाई ऐतिहासिक भनेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा साप्ताहिक रुपमा दुई वटा उडान गर्ने हिमालय एयरलाइन्सले जनाएको छ।