काठमाडौं। चन्द्रागिरि हिल्सले विश्व वातावरण दिवस २०२६ को अवसरमा वातावरण संरक्षण तथा हरियाली प्रवर्धन गर्ने उद्देश्यले विभिन्न प्रजातिका ३०० भन्दा बढी बिरुवाहरू रोपेको छ।
सो क्रममा वक्ताहरूले वातावरण संरक्षण, हरियाली विस्तार तथा दिगो विकासका लागि निजी क्षेत्र, स्थानीय सरकार र समुदायबीचको सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए। यस प्रकारका अभियानहरूले वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो।
वृक्षारोपणमा चन्द्रागिरि हिल्सका प्रमुख कार्यकारी अधिकृत, संचालक समितिका सदस्यहरू, व्यवस्थापन टोली तथा सम्पूर्ण कर्मचारीहरूको थियो। सो अवसरमा वातावरण संरक्षणप्रति संस्थाको सामूहिक प्रतिबद्धता झल्काइएको थियो।
प्रमुख कार्यकारी अधिकृतसहित सम्पूर्ण टोलीले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गरे। चन्द्रागिरि हिल्सले वातावरणीय संरक्षणलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण पक्षका रूपमा अङ्गीकार गर्दै आएको छ।
वृक्षारोपणमा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी प्रमुख अतिथिका रूपमा सहभागी थिए।