काठमाडौं। सेयर बजार सूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक शुक्रबार ११.३७ अंक घटेर २७५५.४१ विन्दु कायम भएको छ।
फाइनान्स, होटल तथा पर्यटन, म्युचुअल फण्ड र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्। बजारमा १८४ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। होटल फरेस्ट इनका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। यो कम्पनीको सेयर मूल्य ४.२२ प्रतिशतले घटेको छ।
बजारमा ७४ कम्पनीको सेयर मूल्य बढेको छ। कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। सूचक घटे पनि कारोबार रकम बढेको छ।
बिहीबार बजारमा ४ अर्ब ७० करोडको सेयर किनबेच भएकामा शुक्रबार ५ अर्ब ६२ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ।
आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै ५५ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, सिटी होटलको १९ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।