BIZMANDU
www.bizmandu.com

सुधन गुरुङको सम्पत्ति र सेयर लगानी छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री बालेनको हातमा

२०८३ जेठ २२

सुधन गुरुङको सम्पत्ति र सेयर लगानी छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री बालेनको हातमा
सुधन गुरुङको सम्पत्ति र सेयर लगानी छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री बालेनको हातमा

काठमाडौं। निवर्तमान गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र सेयर लगानी सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको छ।

Tata
GBIME
Nepal Life

समितिका सदस्यहरुले शुक्रबार प्रधानमन्त्री कार्यालय पुगेर ४५ पेजको प्रतिवेदन बुझाएका हुन्। समितिले सुधनसँग बयान लिनुका साथै लेनदेनमा जोडिएका ४ जनासँग कागज गरेर प्रतिवेदन तयार पारेको हो।

विवादास्पद व्यवसायी दीपक भट्टको चाहनामा खुलेको लघु बीमा कम्पनीमा सेयर लगानी गरेको बाहिरिएपछि सुधनले गत वैशाख ९ गते राजीनामा दिएका थिए। समितिले भट्टसँग सुधनको सिधै कारोबार नदेखिएको बताएको छ। त्यही कारण भन्दै समितिले भट्टसँग कुनै कागज गरेको छैन।

समितिले सुधनलाई क्लिन चिट दिएर प्रतिवेदन बुझाएसँगै सुधनलाई गृह मन्त्रालयको नेतृत्वमा फर्किने बाटो खुलेको छ।

सुधनले राजीनामा दिंदा नै आफ्नो सम्पत्ति र सेयर लगानीबारे छानबिन गरिनुपर्ने र कैफियत नदेखिएको अवस्थामा गृहमन्त्री बनाउनुपर्ने सर्त प्रधानमन्त्री बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसामु राखेका थिए।