BIZMANDU
www.bizmandu.com

उपत्यकामा फैलिन थाल्यो बर्ड फ्लु, सूर्यविनायक र चाँगुनारायणमा सतर्कता अपनाउन आग्रह

२०८३ जेठ २२

उपत्यकामा फैलिन थाल्यो बर्ड फ्लु, सूर्यविनायक र चाँगुनारायणमा सतर्कता अपनाउन आग्रह
उपत्यकामा फैलिन थाल्यो बर्ड फ्लु, सूर्यविनायक र चाँगुनारायणमा सतर्कता अपनाउन आग्रह

काठमाडौं। काठमाडौं उपत्यकामा बर्ड फ्लु फैलिन थालेको छ। सूर्यविनायक र चाँगुनाराण नगरपालिकाका विभिन्न वडामा बर्ड फ्लु फैलिएको हो।

Tata
GBIME
Nepal Life

एक साताअघि सूर्यविनायक नगगरपालिका-१ मा देखिएको बर्ड फ्लु अहिले अरु वडामा पनि फैलिएको कृषि मन्त्रालयका अधिकारीहरुले बताएका छन्। बुधबार चाँगुनारायण नगरपालिकाका थप २ वटा वडामा बर्ड फ्लु भेटिएको थियो।

कुखुरा खोरमा मर्न थालेपछि नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्ड फ्लु पुष्टी भएको हो। बर्ड फ्लु खासगरी लेयर्स कुखुरामा बढी पाइएको छ।

नगरपालिकाहरुले बर्ड फ्लुको संक्रमण फैलन नदिन र आवश्यक सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरेको छ। अस्वाभाविक रुपमा धेरै कुखुरा बिरामी परे वा मरे खबर गर्न भनिएको छ।

पशु सेवा विभागका अनुसार गत चैत ४ गतेदेखि जेठ १८ गतेसम्म देशभर ५५ वटा फार्ममा बर्डफ्लु भेटिएको छ। बर्ड फ्लुका कारण ४७९ भन्दा बढी कुखुरा, ६ लाख ९४ हजार ४१९ गोटा अण्डा र १ लाख ८२ हजार ७७५ केजी दाना नष्ट गरिएको छ।