BIZMANDU
www.bizmandu.com

बिदा सकिएपछि काममा नफर्किएका कर्मचारीलाई कारबाही गर्दै सरकार, निकाल्यो सूचना

२०८३ जेठ २२

बिदा सकिएपछि काममा नफर्किएका कर्मचारीलाई कारबाही गर्दै सरकार, निकाल्यो सूचना
बिदा सकिएपछि काममा नफर्किएका कर्मचारीलाई कारबाही गर्दै सरकार, निकाल्यो सूचना

काठमाडौं। सरकारले अध्ययन र असाधारण बिदा सकिएपछि काममा नफर्किएका कर्मचारीमाथि कारबाही गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन र असाधारण बिदा सकिएपछि सम्बन्धित कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीको हकमा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने भएको हो।

मन्त्रालयले सूचना निकालेर सबै मन्त्रालय, आयोग, सचिवालय र केन्द्रीयस्तरका कार्यालयसँग अध्ययन र असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण अद्यावधिक गर्न ताकेता गरेको छ।

‘विदा अवधि समाप्तिपश्चात सम्बन्धित कर्मचारी हाजिर भए/नभएको तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना (निजामती)सँग समन्वय गरी यकिन गर्न तथा सम्पूर्ण विवरण तीन दिनभित्र अद्यावधिक गराउनु हुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।