काठमाडौं । सोपान फर्मास्युटिकल्सको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्से र कम्पनीबीच शुक्रबार सूचीकृत सम्झौता भएको हो।
कम्पनीको १ करोड ७१ लाख ६० हजार कित्ता सेयर नेप्सेमा थपिएको छ। सूचीकृत सेयर मध्ये ४२ लाख ९० हजार कित्ता साधारण र १ करोड २८ लाख ७० हजार कित्ता संस्थापक सेयर हो।
कम्पनीले आफ्नो कुल जारी पुँजीको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो।
सोपान फर्मास्युटिकल्सको सेयर दोस्रो बजारमा सोमबारदेखि कारोबारमा आउनेछ। दोस्रो बजारमा पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९२.१५ देखि २७६.४५ रुपैयाँ मूल्य दिएको छ।
सोपान फर्मास्युटिकल्स औषधि उत्पादन कम्पनी हो।