काठमाडौं। विद्युत नियमन आयोगका अध्यक्षका लागि १० जनाले आवेदन दिएका छन्। आयोगका अध्यक्षका लागि आयोगका निवर्तमान अध्यक्ष डा. रामप्रसाद धितालले पनि आवेदन दिएका छन्।
सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ अनुसार धिताल पदमुक्त भएका थिए।
यस्तै, पूर्व सचिव मधुप्रसाद भेटवालले पनि आवेदन दिएका छन्। उनी जल तथा ऊर्जा आयोगका पूर्व सचिव हुन्। इन्जिनियर रुद्र प्रसाद गौतम, केशव अधिकारी, रामेश्वर प्रसाद कलवार, मोति बहादुर कुँवरले पनि आवेदन दिएका छन्।
गौतम यस अगाडी खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्ष थिए। रामेश्वर प्रसाद कलवार आयोगका पूर्व सदस्य हुन्। कुँवर सिँचाइ मन्त्रालयका पूर्व सहसचिव हुन्।
डा. मधुसुधन अधिकारी पनि आयोगका निवर्तमान सदस्य हुन्। यस्तै डा. भोलानाथ शर्मा अधिकारी, नारायण प्रसाद सापकोटा, डा.शान्तिकला सुवेदीले आवेदन दिएका छन्। शर्मा पुल्चोक क्याम्पसका प्राध्यापक हुन् भने सुवेदी हिमालयन कलेजका प्राध्यापक हुन्।
यसअघि आयोगका अध्यक्ष र ४ सदस्य सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन छ।
अध्यादेशले आयोगका अध्यक्ष डा. राम प्रसाद धिताल, सदस्य मधुसुदन अधिकारी, गौतम डंगोल, झमकप्रसाद शर्मा र भगरथी भट्टराई बर्खास्तीमा परेका थिए।
त्यस्तै, सदस्यमा २२ जनाको आवेदन परेको छ। आवेदन दिनेहरुमा डा शेखर अर्याल, राजिव कुमार सिंह, चिरज्वल बस्नेत, रुद्रप्रसाद सिटौला, जयराज भण्डारी, ब्रजमोहन झा, सुरेश बहादुर भट्टराई, प्रकाश ज्ञवाली, लोकराज पाठक, रामप्रसाद गौतम, झमक प्रसाद शर्मा, विशाल सिलवाल, बलराम सिलवाल, राजिव दाहाल, विज्ञान श्रेष्ठ, दिवाकर मल्लिक, अर्जुन कुमार गौतम, नारायण प्रसाद सापकोटा, कल्पमोहन सोती, शान्तिकला सुवेदी र कुशेश्वर प्रसाद साह छन्।