BIZMANDU
www.bizmandu.com

स्थानीय तह निर्वाचनका लागि २० अर्ब रुपैयाँ विविध शीर्षकमा, वैकल्पिक वित्तका लागि १२ अर्ब

२०८३ जेठ २१

स्थानीय तह निर्वाचनका लागि २० अर्ब रुपैयाँ विविध शीर्षकमा, वैकल्पिक वित्तका लागि १२ अर्ब
स्थानीय तह निर्वाचनका लागि २० अर्ब रुपैयाँ विविध शीर्षकमा, वैकल्पिक वित्तका लागि १२ अर्ब

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्थानीय तह निर्वाचनका लागि २० अर्ब रुपैयाँ विविध शीर्षकमा छुट्याएका छन्। आगामी आर्थिक वर्षको बजेटमा विविध शीर्षकमा राखिएको ९० अर्बमध्ये २० अर्ब स्थानीय तहको निर्वाचनका लागि राखिएको हो।

Tata
GBIME
Nepal Life

‘स्थानीय तह निर्वाचनका लागि २० अर्ब रुपैयाँ छुट्याइएको छ। त्यस्तै वैकल्पिक वित्त कोषका लागि १२ अर्ब रुपैयाँ राखिएको छ,’ मन्त्रालयका एक अधिकारीले बिजमाण्डूसँग भने, ‘तलब पनि २१ प्रतिशत वृद्धि गरिएको छ। तर, त्यसमा कार्यसम्पादनका आधारमा भनिएकाले के कति चाहिने हो स्पस्ट नभएकाले विविधमै पैसा राखिएको छ। त्यो वाहेक दैवी प्रकोप वा अन्य कुनै भैपरी आउने खर्चका लागि पैसा राखिएको हो।’

विविध शीर्षककै राजस्व र ऋणलाई स्रोतको रुपमा राखिएको छ। ९० अर्ब ३० करोडमध्ये १ अर्ब ५० करोड ऋणको रकमबाट विविधमा उपयोग गर्ने अर्थ मन्त्रालयले जनाएको छ।