BIZMANDU
www.bizmandu.com

श्रमिक दावा शेर्पालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

२०८३ जेठ २१

श्रमिक दावा शेर्पालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
श्रमिक दावा शेर्पालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै भेटिएपछि हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको छ।

Vigo
GBIME
Tata

खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको हो।

हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।