BIZMANDU
www.bizmandu.com

मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, एसियाली खेलकुदमा छनोट भइसकेका छन् दुवै टोली

२०८३ जेठ २१

मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, एसियाली खेलकुदमा छनोट भइसकेका छन् दुवै टोली
मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, एसियाली खेलकुदमा छनोट भइसकेका छन् दुवै टोली

काठमाडौं। नेपाली क्रिकेट टोलीले मलेसियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। एसियाली खेलकुद छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियाले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्ता दिएको हो।

Tata
GBIME

छनोटको समूह ‘ए’बाट यी दुवै टोलीले सेमिफाइनलमा स्थान बनाइसकेका छन्। त्यस्तै, एसियन गेम्समा छनोट पनि भएका छन्।

यो समूहबाट चीन दुई हारसहित बाहिरिँदा कतारले अन्तिम समयमा नाम फिर्ता लिएको थियो। समूह ‘बी’बाट ओमन र हङकङले एसियाली खेलकुदमा स्थान बनाइसकेका छन्। उक्त समूहबाट बहराइन र सिंगापुर बाहिरिएका छन्।

नेपालले आफ्नो पहिलो खेलमा चीनमाथि २२१ रनको जित निकालेको थियो भने मलेसियाले पनि चीनलाई ९ विकेटले हराएको थियो। मलेसियाविरुद्ध नेपालले ब्याटिङ हेभी टिम उतारको छ।

नेपालको प्लेइङ ११

दीपेन्द्रसिंह ऐरी (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, सुन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, रोहित पौडेल, शेर मल्ल, करण केसी र सन्दीप लामिछाने